दफा १३२
प्रारम्भिक सुनुवाई गर्नु पर्ने

(१) प्रतिबादीले प्रतिउत्तरपत्र दिँदा दफा १३१ मा उल्लिखित कुनै वा सबै विषयको जिकिर लिएमा अदालतले त्यसमुद्दामा प्रमाण बुझ्ने, सुनुवाई गर्ने वा किनारा गर्ने कारबाही प्रारम्भ गर्नु अघि त्यस्तो विषयमाप्रारम्भिक सुनुवाई गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा बादी र प्रतिबादीको तारेख मिलान भएपछिको अर्को तारिखका दिनप्रतिबादीले जिकिर लिएको बिषयमा सीमित रही अदालतले प्रारम्भिक सुनुवाई गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा अदालतले त्यस्तो मुद्दामा बादीलाई फिरादपत्र दर्ता गर्ने हकदैयाभए वा नभएको, हदम्यादभित्र फिरादपत्र दर्ता भए वा नभएको वा अदालतलाई त्यस्तो मुद्दाको कारबाही, सुनुवाई रकिनारा गर्ने अधिकारक्षेत्र भए वा नभएको विषयमा निरुपण गरी आदेश वा निर्णय गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रारम्भिक सुनुवाई गर्दा प्रतिउत्तरपत्रवालाले हकदैया नभएको, हदम्यादभित्र फिरादपत्रनपरेको वा अदालतको क्षेत्राधिकार नभएको सम्बन्धमा लिएको जिकिर मनासिब नदेखिएमा अदालतले त्यस्तो मुद्दाकोकानून बमोजिम कारबाही, सुनुवाई र किनारा गर्नेछ ।